Websoft University

एन्फा कम्प्लेक्समा आज भएको ए डिभिजन लिगमा थ्रीस्टार र पुलिसको जित भयो


काठमाण्डौ माघ २४ गते । रातो तारा डट कम,सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ । सातदोबाटोमा आज भएको खेलमा थ्री स्टारले साविकको उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गरेको हो । 

एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अनन्तले गोल गर्नुभएको थियो ।  जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ ।  पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी हुँदै खेलको पाँचौं स्थानमा उक्लिएकोछ । सातदोबाटोमा आज भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै पुलिस शीर्ष पाँचमा उक्लिएको हो ।  एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन भरत साहले निर्णायक गोल गर्नुभयो  ।

 खेलको २९ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई महत्वपूर्ण ३ अंक दिलाउनुभएको हो । खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच चुनिनुभयो । पुलिसले ११ खेलमा १७ अंक जोडेको छ । ब्रिगेड ११ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.