काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम,रौतहटको चन्द्रपुरमा निर्माण सम्पन्न नहुदै चन्द्रपुरको सरकारी अस्पताल अघिल्तिरको कालोपत्रे सडक ग्रावेलमा परिणत भएको भन्दै आम उपभोक्ताले ठेकेदारलाई कार्यवाही हुनु पर्ने सरकार संग माग गरेका छन । कालोपत्रे गरिएको सडकको दर्जनौ स्थान उप्किएको छ ।
चन्द्रपुर नगरपालिकाद्धारा मुनलाईट बोर्डिङ्ग स्कुल देखि सरकारी अस्पताल जाने बाटो कालोपत्रे निर्माणको लागि कमल कन्स्ट्रक्सन पतौरा–४ रौतहट लाई जिम्मा दिएको थियो । ०७६ कार्तिकमा निर्माण सम्पन्न गरेको कन्स्ट्रक्सनले सडक तीन महिना नबित्दै बिभिन्न स्थानमा ग्राबेलमा परिणत भएको छ भने दायाँ बायाँ भाग भासिएको छ ।
चन्द्रपुर नगरपालिकाको ५२ लाख ५० हजार ९ सय ९८ रुपैया ५९ पैसाको योजना रहेको सडक कमल कन्स्ट्रक्सनले भने १९ लाख ६९ हजार ४ सय ५२ रुपैया ४५ पैसामा सकार गरेको थियो । योजनाको लागत भन्दा ५८ प्रतिशत कम रकममा उक्त कन्स्ट्रक्सनले सकार गरेको हो । निर्माण कार्यमै गुणस्तरहिन सामग्री प्रयोग भएकाले तीन महिना नबित्दै भत्किएको हो ।
आफनो घर अगाडी निर्माण भएको सडक पुन बनाउन माग राख्दै त्यसभेगका उपभोक्ताले चन्द्रपुर नगरपालिकाको कार्यालय र चन्द्रपुर नगरपालिका– ५ नम्बर वडा कार्यालयमा निबदेन समेत दिएका छन । उपभोक्ता गणेश कार्कीले भने गाउको बिकास हो की बिनाश जस्ले निर्माण गरेपनि गुणस्तरीय हुनुपर्छ । यस सडक पुन निर्माण नभई बिल भुक्तानी भएमा आफुहरु आन्दोलित हुने उहाले बताउनुभयो ।
Post a Comment