Websoft University

बाजा बज्ने सिद्धेश्वर गुफा ओझेलमा पर्दै,


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ अमलाबोटमा रहेको सिद्धेश्वर गुफा ओझेलमा परेको छ । धार्मिक र पर्यटकीय महत्व बोकेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । धेरै पहिले गुफाको पहिचान भएको भएपनि गुफाको प्रवद्र्धनका लागि खासै चासो नदिँदा ओझेलमा पर्न लागेको हो । रिडी रुद्रवेणी वामीटक्सार सडकखण्ड देखि झण्डै ३ किलोमिटर माथि रहेको गुफा सम्म पुग्नका लागि सडकसञ्चालले जोडिएको छ । 

२०५२ सालमा स्थानीय ज्योतिष रिषिराम पाण्डेले सपनामा देख्नुभएको गुफा पछि स्थानीयले खोजि गर्दा फेला परेको थियो । गुफाभित्रको पत्थरमा विभिन्न देवीदेउता र नागका आकृति रहेका छन् । गाईका थुनजस्ता देखिने आकृति सगैं विभिन्न अनौठा एवम् मानवनिर्मित संरचना जस्तै देखिन्छन् । ९६ मिटर लम्बाई रहेको उक्त गुफा भित्र बस्नका लागि सिढी निर्माण गरिएको छ ।  मानिसले कुँदेका जस्ता देखिने विभिन्न अलौकिक आकृतिले गुफा पुग्नेलाई आकर्षित गर्ने गर्छ । 

कहिलेकाँहि भारतबाट समेत गरी विभिन्न समुहमा गुफामा घुम्न आउने गरेको भएपनि प्रचार–प्रसार नभएकाले गुफा अवलोकन गर्न खासै पर्यटक नआउने गरेको गुफाका पुजारी ऋषिराम पाण्डेयले बताउनुभयो । पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको गुफा धुर्कोटको विचित्र गुफा पछि दोस्रो पहिचान बोकेको क्षेत्र हो । गुफाको विकास र प्रवद्र्धनका लागि सडकसञ्चाल जोड्ने, गुफाको घेरबार गर्ने काम भएपनि प्रचारप्रसारको क्षेत्रमा भने उल्लेख्य काम हुन नसकेको उहाँको भनाई छ  । 

पछिल्लो समय स्थानीयले नै समिति बनाएर केहि रेखदेख र संरक्षण गरिरहेका छन् । अचम्म त के छ भने गुफा भित्र प्रवेश गरिसकेपछि विभिन्न बाद्य्यवादनका आवाजहरु पनि सुन्न पाईन्छ । गुफाको भित्तामा हान्दा विभिन्न बाद्यबादनका साधनहरुको आवाज आउँछ । खैजँडी, डमरु, ढोलक, मादल लगायत अन्य १ दर्जन बाध्य बादनका साधनहरुको आवाज आउने गर्दछ । 

गुफा अवलोकन गर्न आउनेले उक्त बाजा बज्ने ठाउँलाई निकै आश्चर्य मानेर अवलोकन गर्र्ने गरेको स्थानीय युवा सुरज भट्टराईले बताउनुभयो । स्थानीयकै पहलमा सिद्धेश्वर गुफा संरक्षण तथा विकास समितिले गुफाको रेखदेख गर्दै आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.