मोहन कुमार राई-संखुवासभाा फागुन ९ गते ।
रातो तारा डट कम,साक्षर नेपाल, समृद्ध नेपाल र सुखी नेपाली मुल नाराका साथ हामी सबै प्रणः सार्वजनि शिक्षा प्रर्णालीको सवलीकरण प्रमुख नारा बनाएर साक्षर संखुवासभा जिल्ला घोषणा विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले साक्षर जिल्लाको रुपमा संखुवासभालाई आज एक कार्यक्रमका वीच ५३ जिल्ला घोषणा गर्नुभयो ।
संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर भए सगै जिल्लालाई साक्षर घोषणा गरिएको हो । आगामी २ वर्ष भित्र देशलाई साक्षर राष्टको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले कुनै पनि वालवालिका शिक्षाको उज्यालो घामबाट वन्चित हुन नपरोस् भन्नुहुँदै बालवालिकाहरुलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि देशका सामुदायीक विद्यालयका शिक्षकहरु शैक्षिक गुणस्तर निमार्ण गर्न अहोरात्र लाग्नुपर्ने वताउनुभयो ।
मन्त्री पोख्रलले सम्बोधनकै क्रममा देशभरी आज ३९ हजार शिक्षक अपुग रहेको स्मरण गर्दै प्राविधिक धारको शिक्षक र ल्याव शिक्षाको समाधान गर्न नेपाल सरकार लागि परेको वताउनुभयो । मन्त्री भन्नुभयो माटो चिनौ, देश चिनौ अभियानका साथ सरकार देशका शिक्षित युवा युवतीहरुलाई स्वंसेवकको रुपमा सामुदायीक विद्यालयहरुमा शिक्षण कार्यमा खटाएर वर्तमान शैक्षिक समस्यालाई हल गर्न सरकार लागिपरेको वत्ताउनुभयो । यसै गरी मन्त्री पोख्ररेलले अरुण उपत्यका क्षेत्रमा आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि सरकार लागिपरेको समेत बताउनुभयो ।
कार्यक्रममा संघिय साँसद राजेन्द्र प्रसाद गौतमले जिल्ला साक्षर जिल्ला घोषणा भए सँगै विकासको सूचकमा एक कदम अघि बढेको बताउनुभयो । यसैगरी प्रदेश नंं १ का साँसद एवं सामाजिक विकास समितिका सभापति सरिता खड्का, प्रदेश नं. १ का सांसदहरु पूर्णप्रसाद राई, तुलसी प्रसाद न्यौपाने, पदम कुमारी गुरुङ्ग, राजनीतिक दलका नेताहरु, नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे, नेपाली काँग्रेसका जिल्ला सचिव डम्बर बस्नेत, स्थानीय पालिकाको तर्फबाट मादी नगरपालिकाका नगर प्रमुख विदुर लिंथेप, शिक्षक नेताहरु लगायतले साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुभएको सो कार्यक्रमको आयोजना साक्षर अभियान जिल्ला समन्वय समिति संखुवासभाको आयोजनामा जिल्ला समन्वय समितिका संयोजक सुमन कुमार शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई संखुवासभाका प्रमुख केशव भटराईले जानकारी दिनुभयो ।
इकाई प्रमुख भटराईका अनुसार संखुवासभा जिल्लामा १० पालिकामा साक्षर घोषणा गरेसँगै आज जिल्लाको सदरमुकाम खाँदवारीको टुडिखेलमा स्थानीय जनप्रतिनिधि,सञ्चारकर्मी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र नगरवासीहरुको उपस्थितिमा भव्यरुमा विभिन्न झाकी र कार्यक्रमका साथ बजार परिक्रमा गरेर कार्यक्रम गरिएको थियो ।
Post a Comment