Websoft University

सेना दिवसको उपलक्ष्यमा बृहत स्वास्थ्य शिविरको आयोजना


बिराटनगर फागुन ९ गते । रातो तारा डट कम,महाशिवरात्री तथा सेना दिवस २०७६ सालको शुभ अवसरमा सूर्यदल गण थलाहा व्यारेकद्धारा आज मिति २०७६ साल फागुन ०८ गते मोरङ्ग जिल्ला धनपालथान गाउंपालिका वडा नं ३ मा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाका डाक्टर, स्वास्थ्यकर्मी लगायत बिभिन्न स्वास्थ्य संस्थाहरुबाट डाक्टर र स्वास्थ्यकर्मीहरुले उपचार प्रदान गरेका छन् । 

सो शिविरमा बिभिन्न १२ प्रकारका स्वास्थ्य सेवा प्रदान गरिएको थियो । जसमा फिजिसियन, स्त्रीरोग, सर्जरी, हाडजोर्नी तथा नशारोग, बालरोग, छालारोग, दन्त चिकित्सा, नाक कान घांटी, आंखारोग लगायत भिडियो एक्स रे, इसिजि र प्रयोगशाला सेवा समेत उपलतब्ध गराइएको थियो ।उक्त शिविरमा बिराट मेडिकल कलेज टिचिङ्ग अस्पताल, कोशी अस्पताल, न्यूरो कार्डियो तथा मल्टिस्पेशियालिटी अस्पताल, गोल्डेन अस्पताल प्रालि, जीवन बिकास पव्लिक हेल्थ सेन्टर, आर के चिल्ड्रेन अस्पताल, बिराटनगर र बिराट आंखा अस्पतालबाट डाक्टर तथा स्वास्थ्यकर्मीहरुबाट समेत सेवा उपलब्ध गराइएको थियो ।उक्त शिविरलाई नवरत्न मेडिसिन प्रालि ईटहरी, नेपाल ‌ओषधी खरीद बिक्री संघ बिराटनगर, जस्मिन हाईजिन प्रोडक्ट बिराटनगर र लायन्स क्लव अफ बिराटनगर ईन्टरप्रिनूअरबाट बिभिन्न स्वास्थ सामाग्री सहयोग गरिएको थियो ।

उक्त शिविरमा जम्मा १२३६ बिरामीहरुले स्वास्थ्य परीक्षण गराई निशुल्क ‌ओषधी प्राप्त गरेका छन् । उक्त शिविरमा पशु तथा कृषि सेवा समेत प्रदान गरिएको थियो । जसमा ३५५ कृषकहरुलाई बीउ बीजन बितरण गरिएको थियो भने ५० कृषकहरुले आफ्नो पशुलाई कृत्रिम गर्भधारण समेत गराएका छन् । कार्यक्रममा नेपाली सेनाद्धारा विपद् प्रतिकार्य तथा बिष्फोटक पदार्थ सम्वन्धी सचेतना कक्षा समेत संचालन गरिएको छ भने बिराट मेडिकल कलेजका बिध्यार्थीहरुले बिभिन्न स्वास्थ्य जनचेतनामूलक सडक नाटक समेत प्रदर्शनी गरेका छन् । 

सो कार्यक्रममा पूर्वी पृतनापति उपरथी अनन्त कार्की, नं २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी याम प्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, धनपालथान गाउंपालिकाका अध्यक्ष हरिलाल सिंह, सूर्यदलका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, गाउंपालिका उपाध्यक्ष लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.