Websoft University

एमसिसी-सम्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई कार्यदलको सुझाव


काठमाडौं । रातो तारा डट कम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एमसिसी अध्ययन कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको प्रतिवेदनमा सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको हो ।

कार्यदलका संयोजक झलनाथ खनालले एमसिसीको अहिलेको प्रावधानअनुसार अनुमोदन गर्न नसकिने जानकारी दिए । एमसिसी सम्झौता नसच्याई अनुमोदन नगर्न आफूहरुले सर्वसम्मत सुझाव दिएको उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘हामीले २० दिन लगाएर अध्ययन गर्यौं । अहिलेको अवस्थामा एमसिसी नेपालको हितमा छैन । अहिलेका प्रावधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र सम्प्रभूताविरुद्ध छ । त्यसैले यथाअवस्थामा अनुमोदन गर्न सकिँदैन ।’

एमसिसीका विषयमा नेकपामा तीब्र विवाद भएपछि माघ १९ गते कार्यदल गठन भएको थियो । कार्यदलले २० दिनमा पार्टी अध्यक्षलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ । खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।

अब पार्टीको सचिवालय बैठकले एक दुई दिनभित्रै एमसिसी के गर्ने भन्ने विषयको टुंगो लगाउनेछ। जनताले नचाहेको कुरा सरकारले पास गर्नु हुदैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.