शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा ७ गोठगाउँ स्थित शिव पाञ्चायन मन्दिर विकासका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत महायज्ञमा दाताहरुको संख्या बढेको छ।उक्त महायज्ञमा सधैं १ हजारको हराहारीमा भक्तजनको उलेख्य उपस्थिति हुने गरेको छ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्षको खुट्टामा प्लास्टर हुँदा समेत दिउँसो तथा राति समेत आएर पुराण सुन्ने गरेका छन्। त्यस्तै अपाङ्गताको क्षेत्रमा काम गर्ने पार्वता गुरागाईं पनि हुविच्चेयरमार्फत पुराण स्थलमा आएर पुराण सुन्ने गरेकी छिन्।
त्यसैगरी पुराण स्थलमा विभिन्न विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, सुन्दर हरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ त्यसैगरी सुन्दर हरैचा नगरपालिकाकी पूर्व नगरमाता १ सय १२ वर्षीय महेश्वरा अधिकारी लगायतको उपस्थिति रहेको थियो।
महायज्ञलाई सम्बोधन गर्दै उपप्रमुख तामाङले राम्रा उद्देश्य राखी गरिने कामलाई नगरपालिकाले पनि सहयोग गर्ने बताइन्। थोपा थोपा मिलेर समुन्द्र बन्ने भन्दै उनले आफूले व्यक्तिगत रूपमा र नगरपालिकाले संस्थागत रूपमा आर्थिक तथा अन्य सहयोग गर्ने बताएकी थिइन्।
Post a Comment