Websoft University

३ लाख ५० हजारले बिराट एक्स्पोको अवलोकन गरे–आज सम्मको आर्थिक कारोवार करिव एक अर्व भन्दा माथि भयो ।


बिराटनगर  फागुनु १० गते । रातो तारा डट कम, बिराट एक्स्पो २०७६,आज बाट समान भएकोछ । कार्यक्रमका प्रमुख अतिथि सघीय माननीय स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कार्यकमलाई सम्वोधन गर्नु हुदै,यो मेला सबैको साथ र सहयोगबाट सफल भएकोछ आगामी दिनमा यो भन्दा राम्रो संग लगाउन पहल गर्न  र आफनो पनि त्यसमा सहयोग रहने आयोजक समितिलाई भन्नु भयो ।

कोशी अस्पताललाई टिचिङ अस्पताल बनाउने बारेमा आफनो प्रयास रहने र अव स्वास्थ्य सुधारका लागि सरकारले छिटै पहल गरेर अस्पतालमा तलब खाने डाक्टरहरुले छेउ छाउमा निजि किल्निक खोल्न नपाउने गरी कानुन बनाउने बताउनु भयो ।

अन्त्यमा बिराट एक्स्पोमा सहभागी र आयोजकहरुलाई धन्यबाद समेत दिनु भएको थियो ।

बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सहयोगी संस्थाका तर्फबाट सबैलाई धन्यबाद दिनु हुदै, कोशी अस्पतालको स्तरउन्ति कसरी गर्ने र यो अस्पता फराकिलो स्थानि नेशनलट्रेडिङको जग्गामा सार्ने हो कि भन्नु हुदै, सरकारले सहयोग गरे महानगरपालिकाको तर्फबाट आफुले केहि गर्न चाहेको बताउनु भयो । बिराट एक्स्पोमा सहभागी र आयोजकहरुलाई धन्यबाद समेत दिनु भएको थियो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुन्दडाले ज्यादै राम्रो संग मेला बिराट एक्स्पो २०७६ सफल भएकोमा सबैलाई बधाइ दिनु भयो ।

कार्यक्रममा सुरेन्द्र गोल्छा लगाएत बिभिन्न नौ जनालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा बिराट एक्स्पो २०७६,का संयोजक भोलेश्वर दुलालले पनि आफना कुरा राख्नु हुदै, सहयोगी सबैलाई नाम समेत वाचन गर्नु हुदै सहयोगका लागि धन्यावाद दिनु भएको थियो । कार्यक्रमको  उधोग संगठन मोरङका अध्याक्ष भीम घिमिरेको अध्यक्षता भएको थियो । 

फागुन २ गते देखि आज १० गते सम्मापन सम्म आइपुग्दा भिजिटरहरुको संख्य करिव ३ लाख ५० हजार पुगेको छ भने आर्थिक कारोवार करिव एक अर्व भन्दा माथि भएको अनुमान गरिएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.