Websoft University

काँग्रेस सांसद चौधरीविरुद्ध उजुरी दर्ता



काठमाण्डौ माघ २२ गते । रातो तारा डट कम, प्रतिनिधिसभामा काँग्रेसका तर्फबाट समानुपातिक सांसद पार्वता डिसी चौधरीले ८ लाख ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका काँग्रेस उपसभापति कृष्णराज पाण्डे र लिलाबहादुर थापाले आठ लाख ठगी गरेको आरोप लगाउँदै सांसद चौधरीविरुद्ध सचिवालयमा उजुरी दिनुभएको हो । संसद सचिवालयले उनीहरुको उजुरी  १०८० नम्बरमा दर्ता गरेको छ । 

पाण्डे र थापाले चौधरीले २०७४ सालमा दुई पटक गरी आठ लाख रुपैयाँ लगेकोमा पटक–पटक आग्रह गर्दा पनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको बताएका छन् । चौधरीलाई उहाँको एभरेष्ट बैंकको खातामा तीन लाख र लक्ष्मी बैंकको खातामा तीन लाख गरी आठ लाख जम्मा गरिदिएको उजुरीकर्ताले उल्लेख गरेका छन् । विश्वासको सम्बन्धका कारण पार्टीको नेतालाई दिएको पैसा फिर्ता नगरेपछि बाध्य भएर उजुरी दिनु परेको उनीहरुको भनाई छ । 

महासचिव मनोहरप्रसाद भट्टराईलाई सम्बोधन गर्दै दिइएको उजुरीमा चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले रकम दिलाइदिन अनुरोध गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहनुभएको चौधरी दाङको लमही नगरपालिका ५ का स्थायी बासिन्दा हुनुहुन्छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.