Websoft University

गुणस्तरहीन सामग्री प्रयोग गर्ने ठेकेदारलाई कारबाही गर्न सांसदको सुझाव


काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम,गुणस्तरहीन र कम गुणस्तर भएका सामाग्री प्रयोग गरेर संरचना निर्माण गर्ने ठेकेदारलाई कालोसूचीमा राख्न सांसदले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आजको बैठकमा निर्माण व्यववसायीसँग छलफल गर्दै सांसदले गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गर्ने ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने बताएका हुन् । 

समिति सभापति कल्याणीकुमारी खड्काले भुलवश कम गुणस्तरका सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिलेसम्मको स्थिति हेर्दा व्यवसायीले मिलेमतोमा कमसल निर्माण सामाग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने व्यवस्था उचित भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि नै ठेकेदार भएका कारण मिलेमतो बढी हुने गरेको बताउनुभयो । 

सांसद गणेशकुमार पहाडीले सम्झौता भएपछि कुनैपनि काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले कुनैपनि बाहनामा काम नसक्ने प्रवृतिको अन्त्य गर्नका लागि पनि कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याको विषयमा जानकारी गराउनुभयो । 

उहाँले कतिपय अवस्थामा निर्माण व्यवसायीको धरौटी समेत जफत गरी कालो सूचीमा राख्ने र कारबाही गर्ने नीतिगत व्यवस्थाका कारण निर्माण कार्य प्रभावित हुँदै आएको बताउनुभयो । समितिले निर्माण क्षेत्रका समस्या र चुनौतिका विषयमा जानकारी लिन आज नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.