Websoft University

बाराका नदिहरुमा तत्कालका उत्खनन् गर्न नपाइने



काठमाण्डौ माघ २२ गते । रातो तारा डट कम,बाराका नदिहरुमा नियमबिपरीत उत्खनन् भएको पाइए पछि तत्कालका लागि प्रतिबन्ध लगाइएको छ । स्थानीय तहबाट ठेक्का सम्झौता भई नदिजन्य पदार्थ उख्नन् भइरहेका नदिहरुको अवस्थाबारे जानकारी लिन जिल्ला समन्वय समिति बाराले आज गरेको अनुगमनका क्रमामा ठेकेदार कम्पनीले नियम बिपरीत उत्खनन् गरेको पाइएप पछि तत्कालका लागि सबै नदिहरुमा प्रतिबन्ध लगाइएको जिल्ला समन्वय समितिका सभापती नवल किशोर साहले जानकारी दिनुभयो । सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमूख समेत सहभागी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने बालगंगा, दुधौरा र पसाह, निजगढ र कोल्हबी नगरपालिका अन्तर्गत पर्ने लालबकैया नदिमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सबै नदिहरुमा स्थानीय तहको प्ररम्भिक अध्ययन प्रतिबेदन (आइइ) रिपोर्ट विपरीत उत्खनन् भएको पाइएकाले उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दिईएको समिति सभापती साहले जानकारी दिनुभयो । यसअघिका अनुगमनमा पटक–पटक चेतावनी दिएका ठेकेदार कम्पनीबाटै नियम उल्लंघन भएको पाईए पछि कारबाहीका सन्दर्भमा समितिले अर्को निर्णय गर्ने भन्दै साहले त्यतिन्जेल सम्मका लागि उत्खनन्मा पूर्ण प्रतिबन्ध लगाईको बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.