Websoft University

नदीजन्य पदार्थको अवैध उत्खनन् रोकिएन



काठमाण्डौ माघ २४  गते । रातो तारा डट कम,कैलालीका विभिन्न नदीबाट नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् भईरहेको छ । स्थानीयतहको ठाडो निर्देशन र ठेकेदारको मिलेमतोमा पछिल्लो समयमा अवैध उत्खनन् हुने क्रम बढेको स्थानीयले बताएका छन् । चुरेको सम्वेदनशिल अवस्थालाई ध्यानमा नराखी वातावरणिय प्रभाव मुल्याङ्कन समेत नगरी ठेकेदारसँग मिलेर स्थानीय तहले नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरेको चेतना सामुदायिक वनका अध्यक्ष लक्ष्मण बटालाले जानकारी दिनुभयो । अवैधानिक रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन्ले चुरे संकटमा पर्नुका साथै तटिय क्षेत्रका गाउँ बाढी र पहिरोको उच्च जोखिममा पर्न थालेको उहाँको भनाई छ । स्थानीयबासीले नदीजन्य पदार्थको अवैध उत्खनन्को विषयमा सब डिभिजन वन कार्यालयलाई जानकारी गराईसकेको बताएका छन् ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.