Websoft University

दिक्तेलबजारको सडक ढलान हुने भयो


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम,खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलबजारको सडक ढलान हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा सदरमुकाम दिक्तेल बजारस्थित रत्नपार्कदेखि हाटडाँडासम्मको सडक ढलान गरिने भएको हो । 

क्रमागत योजना अन्तरगत पर्ने बजारको सडक ढलानमा शहरी विकास तथा भवन निर्माण विभाग विराटनगर मार्फत यो वर्ष पाँच करोड खर्च हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले गत पुस २९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । 

त्यसपछि शहरी विकास मन्त्रालयले मताहतका शहरी विकास तथा भवन निर्माण विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्र मार्फत निर्देशन गरेको हो । मध्यपहाडी लोकमार्गले छोएको दिक्तेलबजार ढिलै भएपनि ढलान हुने भएपछि स्थानीयबासी समेत खुशी भएका छन् । 

हप्ताको दुई पटक बुधबार र शनिबार हटिया समेत लाग्ने दिक्तेलबजारको सडकमा हिउँदको समयमा धुलो र वर्षात्को समयमा हिलोका कारण समस्या हुने गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.