Websoft University

प्रदेश सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेर सहयोग गर्ने -मुख्य मन्त्री शेरधन राइ

विराटनगर माघ २३गते । रातो तारा डट कम, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको समृद्धिसँग जोडेर लैजाने बताएका छन्।

विराटनगरमा आजदेखि शुरू ‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ विषयक जीव वैज्ञानिकहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले  प्रदेश सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेको बताए।

उनले विज्ञान र प्रविधिमा नयाँ पुस्ता निमार्णका लागि प्रदेशमा माध्यमिक विद्यालयहरूबाट शुरू गरेको जानकारी गराउँदै २९ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिसकेको बताए।

प्रदेश सरकारले विज्ञान र प्रविधिमा आधारित उद्योगहरूको स्थापना र प्रोत्साहन गर्ने नीति लिएकाले जीव विज्ञान र प्रविधिका क्षेत्रमा भएका खोज अनुसन्धानको सहयोग लिएर प्रदेश सरकार समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने बताए। उनले वातावरणको संरक्षण, जलवायु परिवर्तन र कार्वन सञ्चेतीकरण जस्ता विषयमा प्रदेश सरकारले योजनावद्ध रूपमा काम गरिरहेको बताउँदै यस्ता विषयका खोज अनुसन्धान गरी सरकारलाई सहयोग गर्न वैज्ञानिकहरूलाई आग्रह गरे।

प्रदेशमा १ मा रहेका विभिन्न ठाउँलाई जैविक विविधताका केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले काम गरिरहेको बताउँदै यसबाट यस क्षेत्रको पर्यटनमा समेत विसका पुग्ने बताए। उनले देशभरबाट भेला भएका जीव वैज्ञानिकहरूलाई प्रदेश नं। १ का पर्यटकीय क्षेत्रको अवलोकन गरेर मात्र फर्कन पनि आग्रह गरे।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.