Websoft University

वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले ‘सुसाईड प्रिभेन्सन’को विमोचन गर्नु भयो


काठमाडौ माघ २३ गते । रातो तारा डट कम,न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका मानसिक रोग विशेषज्ञ चिकित्सक डा. रन्जन थापाको आत्महत्या रोकथाममा आधारित पुस्तक ‘सुसाईड प्रिभेन्सन’ विमोचन भएको छ । न्युरो हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक थापाद्वारा लिखित सो पुस्तक बिहीबार अस्पतालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच बिमोचित गरिएको हो ।

हस्पिटलकाका विशेषज्ञ चिकित्सक, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रममा हस्पिटलका संस्थापक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले ‘सुसाईड प्रिभेन्सन’को विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै संस्थापक विष्टले यस पुस्तकले समाजमा दिनानुदिन बढीरहेको आत्महत्या रोकथाममा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले पुस्तकले मेडिकल क्षेत्रमा काम गर्नेलाई सोत ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गर्दै न्युरो अस्पतालमा कार्यरत विभिन्न व्यक्तिहरुले यस प्रकारको पुस्तक लेखेर मेडिकल क्षेत्रलाई ठूलो योगदान पुर्याएको पनि बताए ।

त्यस्तै पुस्तकका लेखक एवम वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रंजन थापाले आत्महत्याका कारण नेपालमा दैनिक १५ जना मानिसको मृत्यु हुने र विश्वमा हरेक वर्ष १० लाख मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै नेपालमा रोकथामको प्रयास नहुने गरेको बताए । उनले किताबमा आत्महत्या रोकथामका लागि स्वास्थ्यकर्मीहरुको भूमिका, विभिन्न नितीहरु, मिडिया मार्ग निर्देशनको भूमिका गरी तीन भागमा बाँडिएको उल्लेख गर्दै साधारण अङ्ग्रेजी भाषामा भएकोले सबैले अध्ययन गर्न सक्ने बताए । उनले किताबलाई नेपालीमा पनि ल्याईने बताए ।

लेखक थापालाई डा. विष्टले माला र खादा ओढाएर सम्मान पनि गरेका थिए । त्यस्तै कार्यक्रममा योग गुरु स्वामी सत्यम श्रीले स्वस्थ रहनका लागि योगको भूमिकाका बारेमा बताएका थिए । कार्यक्रममा अस्पतालका अपरेशनल डाइरेक्टर , राजेश भट्टराई , हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेत , मेडिकल डाइरेक्टर एवम वरिष्ठ न्यूरो सर्जन डां यम बहादुर रोका लगायतका स्वास्थ्यकर्मीहरुको उपिस्थत थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.