Websoft University

मझगाउँ विमानस्थल काम चाडै सुरु हुने



काठमाण्डौ माघ २६ गते । रातो तारा डट कम,बिगत २ दशक देखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सुचारुको काम अब चाडै अगाडी बढ्ने भएको छ । मझगाउ विमास्थलको अवलोकनका लागि कञ्चनपुर आएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमान स्थलल अवलोकनका क्रममा अव बिमानस्थल सुचारुको काम दु्रत गतिमा अगाडी बढाइने बताउनुभयो । 

बिमान स्थल सुचारुका लाागि स्थानीय सरकार, प्रदेश सरकार अग्रसर रहेकाले अब संघीय सरकाले पनि यसमा आवश्यक बजेट बिनियोजन गरी काम अगाडी बढाइने बताउनु भयो । यस्तै विमानस्थल वरिपरि तार जाली लगाउने काम समेत कार्यक्रमका बिच संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले सिलन्यास समेत गर्नु भएको छ । 

भिमदत्त नगरपालिकाको बीस लाख तथा संसद पुर्वाधार विकास कोषको ५० लाख गरी कुल  ७० लाख बजेट रहेकोमा करिब ४३ ल्ऽाखमा यो कामको ठेक्का सम्झौता भई पदम कन्सट्रक्सनल्ऽे आजबाट काम सुरु गरेको छ । सुरु गरिएको काम २०७७ बैसाख ३१ गते भित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । यस्तै विमान स्थलको पुर्व सम्भाब्यता अध्ययनको जिम्मा पाएको रियल  पाथ कन्सलटेन्सीका प्रमुख गुरु दत्त अधिकारीले १ हजार ४ सय २० मिटरमै पनि एटीआर प्लेन चलाउन  सक्ने भन्दै प्राबिधिक कठिनाई नरहेको बताउनु भयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.