Websoft University

करेन्ट लागेर सिन्धुलीमा एक जनाको मृत्यु


काठमाण्डौ माघ २६ गते । रातो तारा डट कम,करेन्ट लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । फलामे रड सिधा बनाउने क्रममा करेन्ट लागेर दुधौली नगरपालिका वडा नम्बर १० पटियानीका अन्दाजी ३५ वर्षका कृष्ण कटुवालको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका कटुवालको उपचारका लागी सिराह तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो । सार्वजनीक नर्सरीमा काँडेतार बेरा लगाउन फलामे रड सिधा बनाउने क्रममा (१९ हजार भोल्ट करेन्टको) मेन लाइनमा रडले छुनगइ करेन्ट लागेर विहान आठ बजे घाइते भएका कट्टुवाललाई सिराह अस्पतालका डाक्टरले बिहान पौने १० बजे मृत घोषण गरेको प्रहरी नायव उपरिक्षक एव्म सुचना अधिकारी श्याम बहादुर खत्रिले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.