Websoft University

विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना भइरहेको छ-तपाईं हरू पनि एकपटक अश्य अबलोकन गर्नुस्


विराटनगर, फागनु ४ गते । रातो तारा डट कम,उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना भइरहेको छ ।

विराटनगर–२ स्थित शंकरपुरमा ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा आज अवलोकन गर्नेको घुइँचो रहेकोले उधोग सगठन मोरङका अध्यक्ष तथा मेला आयोजक समिति अध्यक्ष भीम घिमिरेले आफै अबलोकन गर्दै गरेको पनि पाइयो । एक्स्पो (मेला) अवलोकन गर्नुका साथै त्यहाँ प्रदर्शनीमा राखिएका सामान बजारभन्दा सस्तो भएपछि किन्नेको अत्यधिक भीड रहेको छ भने फोटो खिच्ने भिड रहेको पाइन्छ । 

मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको विहारबाट समेत आएका छन् । हजारौंको संख्यामा मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले बताएका छन । 

मेलामा हात्तीको विशेष आकर्षण रहेको देखियो । हात्तीमा चढेर रमाइलो गर्ने र छेउमा सेल्फी फोटो खिच्नेको घुइँचो रहेको थियो । मेलामा आएका व्यक्तिले विगतकोभन्दा धेरै व्यवस्थित रहेको बताएका थिए । मेलामा कपडाका साथै भान्सामा प्रयोग हुने समान किन्नेको धेरै भीड रहेको थियो । सवारी साधन किन्ने र बुक गर्ने गरेका छन् । 

मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ । हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको बताइएको छ । 

बालबालिकाका लागि विभिन्न खेल्ने सामग्री तथा फोटो खिच्नका लागि मोटु पात्लु, सेल्फी जोनलगायतको रहेको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन शो गर्दै आएका छन् । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ।

मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.