Websoft University

सुन्दरहरैचा नगरपालिका र ओरेकले गर्यो विपन्न महिलालाई सहयोग


शिव भट्टराई,फागुन ४ गते । रातो तारा डट कम,वैदेशिक रोजगारीमा गएर आउने महिलाको क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालले गठन गरेको वैदेशिक रोजगारबाट फर्केका दिदी बहिनीहरुको सञ्जाल आर एम डब्लु की सदस्य अम्बिका कार्की र त्यही सञ्जालको तर्फबाट ३ हजार र नगरपालिकाबाट १० हजार बराबरका तरकारी पसलको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको छ।  

आईतबार भएको कार्यक्रममा बोल्दै उपप्रमुख धनमाया तामाङले वैदेशिक रोजगारीमा गएर फर्किएका तर आर्थिक अवस्था कमजोर भएको व्यक्तिको खोजी गरी व्यवसायमा लाग्न सहयोग गर्न र निशुल्क पाएको भनेर पाइएको सामानको बेवास्ता नगरी सदुपयोग गर्नु पर्ने बताइन्।  

त्यसैगरी ओरेक नेपालकी सुशीला सुवेदीले व्यवसाय गर्न सहज होस् भनेर संस्थाले ३ हजार रुपैयाँकाे तरकारी किनेर व्यवसायको लागि दिईएको र नगरपालिकाले १० हजार रुपैयाँ बराबरको डिजिटल तराजु, क्रेट लगायतका अन्य सामाग्री सहयोग गरेको बताएकी थिइन्।

सहयोग पाएकी अम्बिका कार्कीले आफू कुबेतमा २ वर्ष बसेर आए पनि कमाएको सबै सम्पत्ति सकिए पछि दुःख पाएको बेला पाएको सहयोगको पूर्ण सदुपयोग गर्ने र वैदेशिक रोजगारीमा पाएको दुःख लाई व्यवसायी बनेर बिर्सिने प्रयास गरेको बताएकी थिइन्।  सो कार्यक्रममा आरेक नेपालकी सुशीला सुवेदी, सुन्दर हरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, वडा नम्बर १० को अध्यक्ष्य राजेन्द्र वहादुर थापा,
कृषि शाखाका कर्मचारी  समेतको उपस्थिति रहेको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.