Websoft University

मोटरसाइकबाटै काठ तस्करी


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,रौतहटको राष्ट्रिय वनक्षेत्रमा तस्करले मोटरसाईकलबाट सालका गोलिया काठको तस्करी सुरु गरेको पाईएको छ । जिल्लाको चोँचा सब डिभिजन वनक्षेत्र, जंगलसैया वनक्षेत्र,जंगलसैया साझेदारी वन तथा रंगपुर साझेदारी वनक्षेत्रका नजिक गाँउका तस्करहरुले पछिलो समय मोटरसाईकलमा राति सालका गोलिया काठको तस्करी गरिरहेको पाइएको हो । 

चोँचा सब डिविजन वन कार्यालयका अधिकृत साजेश साहको नेतृत्वमा गएको वन सुरक्षाटोलीले सिमरी हुँदै बाराको निजगढ जाने बाटोमा ना ६२ प ३७७३ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलमा करीव १० क्युबिफिट दुईवटा सालको गोलिया काठ बरामद गरेको छ । 

गस्तीटोलीलाई देखेर गुडीरहेकै मोटरसाईकल छोडेर तस्कर वन भित्रै भागेको र बरामद काठसहीतको मोटरसाईकल आवशयक कारबाहीका लागि चोँचा सब डिभिजन वन कार्यालयमा लगिएको जिल्ला वन अधिकृत बिनोद कुमार सिंहले जानकारी दिनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.