Websoft University

पूर्व गोर्खा सैनिकले आफ्ना माग पूरा नभए आमरण अनशन थाल्ने


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले एक महिनाभित्र आफ्ना माग पूरा नभए आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् । बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्याङ्कन नभएको र मानवीय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकले एक महिनाभित्र आफ्ना माग पूरा गर्न चेतावनी दिएका हुन् । 

काठमाण्डौ हिजो पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ती, बयस्क छोरा—छोरीलाई बेलायतमा निसर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकले आमरण अनसनको चेतावनी दिएका हुन् । 

उनीहरुले एकल महिलाको समान निवृतिभरणको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी माग पूरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले जानकारी दिनुभयो । 

भूपू गार्खाले २०२० मार्च १५ सम्मको समयसीमा भित्र दुबै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएका छन् । उक्त समयसम्म आफ्ना मागका विषयमा गम्भिर नभए आमरण अनसनका साथै मुद्धा लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकालयमा जाने चेतावनी समेत दिएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.