Websoft University

महराविरुद्ध मुद्दाको फैसला आज हुने


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा हिजो अन्तिम बहस सकिएको छ । अदालतले आज फैसला सुनाउने हिजो जनाएको हो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गर्नुभएको थियो । सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलले बहस गर्नुभएको थियो । संघीय संसद्को सचिवालयमा कार्यरत एकजना महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.