Websoft University

महराले अदालत र शुभेच्छुकलाई धन्यवाद दिए


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई न्याय दिलाउने अदालतलाई धन्यवाद दिनुभएको छ । आज  डिल्ली बजार कारागारबाट रिहाइ हुनेक्रममा महराले अदालतलाई धन्यवाद दिनुभएको हो । कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र आफूलाई शुभेच्छा प्रकट गर्ने सबैमा महराले धन्यवाद दिनुभएको हो । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलाशले महरालाई आजै सफाइ दिएको थियो । महरालाई रिहाइपछि स्वागतका लागि नेकपाका कार्यकर्ताहरू डिल्लीबजार कारागार पुगेका भए पनि उहाँ रातो रङ्गको कारमा चढेर बाहिरिनुभएको थियो । संसदकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा गत असोज १९ गते पक्राउ पर्नुभएको थियो । 

पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको   थियो । पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध महराले ५ मंसिरमा उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.