Websoft University

पूर्वाञ्चल विश्वविद्यालयकाे केन्द्रीय कार्यालय अब चाँडै गोठगाउमा- रहने:मन्त्री ढकाल


शिव भट्टराई, मोरङ।रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका स्थित गोठगाउँमा रहेको पुर्वान्चल विश्वविद्यालय स्कूल अफ हेल्थ साइन्स भवनको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एमविविएस शैक्षिक भवनको शिलान्यास साथै ओपिडी/एमर्जेन्सी भवनको सोमबार समुद्घाटन गरेका छन्।

वेबसाइट अन गर्दै कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि ढकालले पुर्वान्चल विश्वविद्यालयकाे केन्द्रीय कार्यलय अब चाँडै गोठगाउँमा राख्ने जोड दिएका छन्।उनले यस विषयलाई ऐनमा लगेर राष्ट्रिय सभाबाट पास गरिसकेको र प्रतिनिधि सभाको समितिले सर्वसम्मत सुईकार गरेकाले आज हुने संसद्को बैठकबाट प्रतिनिधि सभाले पनि पास गर्ने बताएका छन् भने पूर्वाञ्चल ले पूर्ण भिसी पाएपछि अरूको कार्यलयमा टाउको लुकाएर हेर्नु नपर्ने र अब आफ्नै कार्यालयमा बसेर ढुक्कले काम गर्ने वातावण बनाउने गरी सरकारले ऐनमा व्यवस्था गरेको उनले बताएका थिए।

उपकुलपति प्रा.डा विजुकुमार थपलियाको अध्यक्ष्यतामा भएको कार्यक्रममा रजिस्ट्रार प्रमिला थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने एमविविएस शैक्षिक कार्यक्रम तथा चिकित्साशास्त्र संकाय अन्तर्गत अवस्था बारे डिन शैलेशमनि पोख्रेलले जानकारी गराएका थिए।उक्त कार्यक्रममा प्राध्यापक साथै कर्मचारी संघका सभापति, अस्पताल निर्देशक, विश्वविद्यालयका सभासद् , सुन्दर हरैचा नगरपालिका का नगरप्रमुख शिव ढकाल , उपप्रमुख धनमाया तामाङ लगायत अन्य विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.