Websoft University

टी–ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहयो


काठमाण्डौ फागुन ६ गते । रातो तारा डट कम,अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा एक सय ९२ रेटिङ पाएको छ । यसअघि पनि नेपाल टी–ट्वान्टीतर्फ १२ औं स्थानमै रहेको थियो ।

टी–ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो । टी–ट्वान्टीको विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् । टी–ट्वान्टीको खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पारस खड्काको वरियता घटेको छ । नयाँ वरियतामा पारस ६२ औं स्थानमा रहनुभएको छ । 

बलिङतर्फ सन्दीप लामिछानेको वरियता सुधार भएको छ । अघिल्लो पटक ८५ औं स्थानमा रहनुभएका सन्दीप ८४ औं स्थानमा रहनुभएको छ । अलराउण्डतर्फ पारस यथावत २७ औं स्थानमा रहनुभएको छ भने सोमपाल कामी ६६ औं स्थानमा रहनुभएको छ । अलराउण्डरतर्फ करण केसी एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिनुभएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.