शिव भट्टराई,मोरङ। रातो तारा डट कम,चैत्र २२ गते विहान ७ वजे गोर्खा टेलब्लेजर दौड प्रतियोगीता पहिलो पटक धरानमा हुने भएको छ । हङकङमा आयोजना हुदै आएको सो गोर्खा टेलब्लेजर दौड प्रतियोगीता नेपालमा पहीलो पटक हुने भएको गोर्खा सेमिट्रिज ट्रष्ट नेपालले धरानमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।टे«लब्लेजर दौड प्रतियोगीताको विजेतालाई २५ हजार रुपैया,दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैया सहित मेडल प्रदान गरीने आयोजक गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले वताए । उक्त प्रतियोगीतामा सहभागिता जनाउनका लागी २ सय रुपैया प्रवेस शुल्क लाग्ने समेत जानकारी गराइएको छ । टे«लब्लेजर दौडमा अप्ठ्यारा वाटो पर्ने भएकोले १६ वर्षभन्दा माथि उमेरको ३ सय जनाको मात्र सहभागी गराइने र उक्त दौडमा करीव १२ देखी १५ किलोमिटर रहने वताइएको छ । प्रतियोगीता दोस्रो पुर्खा दिवसको अवसरमा आयोजना हुन लागेको हो । विश्वशान्ति स्थापनाका लागी शहिद हुने वीर गोर्खाली प्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै हरेक अप्रिल ५ तारीखको दिन पुर्खा दिवस मनाइदै आएको समेत अध्यक्ष राईले वताए ।जसअनुसार यस वर्ष पुर्खा दिवस चैत्र २३ गते परेको र सो अवसरमा अन्य खेलकुदका साथै साहित्यीक कार्यक्रम समेत गरीने वताइएको छ ।
Post a Comment