Websoft University

सुन्दर हरैचा ५ मा दुई दिने जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,राष्ट्रिय तेक्वाण्दो संघ नेपाल मोरगंको आयोजनामा मोरगंको सुन्दरहरैचा ५ बलिया चौकमा दुइ दिने जिल्ला स्तरिय तेक्वाण्दोप्रतियोगिता सुरु भएको छ ।

मोरगंका विभिन्न ठाउँमा रहेका १२ डोजागंका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिताको नेकपा मोरगंका युवा तथा खेलकुद विभाग प्रमुख पर्शुराम बस्नेतले उद्घाटन गरेका थिए।उद्घाटनका क्रममा बोल्दै बस्नेतले खेलकुदको विकासका लागि प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका थिए।

राष्ट्रिय तेक्वान्दो संघ मोरङका अध्यक्ष मनोज विक्रम शाहको अध्यक्ष्यतामा भएको कार्यक्रममा महिला तर्फ १० र पुरुष तर्फ १२ विद्या गरी कुल २२विद्यामा २सय बढी खेलाडिहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रतियोगिता अन्र्तगत महिला तर्फ २५ केजी तौल समुह देखि ५७ केजी तौल समुह र पुरुष तर्फ २५ केजीदेखि ६८केजी तौल समुहमा प्रतिस्पर्धा गराइने आयोजक राष्ट्रिय तेक्वाण्दो संघ नेपालमोरगंका सचिव द्धारिक रेग्मीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका उपाध्यक्ष हरिबहादुर वुढाथोकी, ज्ञानु विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.