Websoft University

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


सुनसरी,फाल्गुन-९ गते । रातो ता डट कम,सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७२ बर्षीय मोतिलाल यादवको को मृत्यु भएको छ । 

हिजो अपरान्ह पउने ३ बजे को १२  प ३५८९ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने यादबलाइ ठक्कर दिदा गम्भिर घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारको क्रममा उनको बेलुका सँवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

मोटरसाईकल चालक सप्तरी रूपनी बस्ने ३५वर्षीय  विकाश पोख्रेल समेत घाईते भएकोमा उनको जिल्ला अस्पताल ईनरूवामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.