Websoft University

एमसीसीबारेको प्रतिबेदन अध्यक्षलाइ बुझाउने तयारी



अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले बनाएको कार्यदलले दुबै अध्यक्षलाइ प्रतिवेदन बुझाउने भएको छ । आज बसेको कार्यदलको बैठकले सुझाव सहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने निर्णय गरेको हो । सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले जानकारी दिनुभयो । नेता रावलले गहन विश्लेषण र विस्तृत अध्ययन पछि प्रतिवेदनको मस्यौदा तयार भएको प्रतिक्रिया दिनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजक वरिष्ठ नेता झलनाथ खनाल हुनुहुन्छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य रावल सदस्य रहनुभएको थियो ।  एमसीसीबारे नेकपाका नेताहरुले फरक फरक धारणा राख्दै आएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.