Websoft University

सामुदायिक विद्यालयमा अक्षयकोष व्यावस्था


काठमाण्डौ माघ २७  गते । रातो तारा डट कम,प्रदेश ५ को एक स्थापित संस्थागत बिद्यालयले बिभिन्न जिल्लाका ३ बिद्यालय सहित १ क्लबमा एकैसाथ अक्षयकोष हस्तान्तरण गरेको छ । सबै संस्थाहरुमा २ लाख ५० हजार बराबरको अक्षयकोष हस्तान्तरण गरिएको हो । बुटवल स्थित न्यू होराईजन आवसिय माध्यमिक बिद्यालयले आफ्नो ३० औ बार्षिक उत्सवका अबसरमा १० लाखको अक्षयकोष हस्तान्तण गरेको हो । 

जसमा कपिलवस्तुको बाणगंगा २ बैजलपुरमा रहेको पञ्चआधारभूत बिद्यालय ,सरस्वाती माध्यामिक बिद्यालय लिम्घा गुल्मी ,रुरु प्राथामिक बिद्यालय गुल्मीको रिडि बजार रहेकाछन् । क्लबको रुपमा ईनरव्हिल क्लब अफ बुटवल रुपन्देही रहेको छ । जुन क्लबले महिला शशक्तिकरणका लागि आर्थिक सहयोग गर्दै आएको छ ।  
पञ्च आधारभूत बिद्यालय बैजलपुरमा भएको हस्तान्तरण कार्यक्रममा प्रदेश ५ का सांसद बिष्णु पन्थीले पञ्च आधारभूत बिद्यालय प्रदेशको उत्कृष्ट र देशको गरिमा रुपमा रहेको बताउनुभयो । यता बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले नगरको उत्कृष्ट बिद्यालयका रुपमा रहेको संस्थामा अक्षयकोष स्थापना गरेको बताउदै शिक्षाका लागि खर्चिएको यो रकमले उपलब्धि पनि राम्रो दिने बिश्वास राख्नुभयो ।  

न्यू होराईजन आवसिय माध्यमिक बिद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस भन्दै यस अक्षयकोष स्थापना गरेको बताउनुभएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.