Websoft University

महिला र पुरुषहरु कुण्डको पानी भित्र मज्जाले डुबी रहदा तातोपानीले रोग निको हुने



 काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम,नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन । यो चमत्कारी शक्ती जमिन भित्रबाट निस्कीएको हो । तातो पानीमा सल्फरको मात्रा पाइन्छ र यस पानीले रोगको किटानुलाई मार्दो रहेछ जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्न आउने गर्दछन । एउटै कुण्डमा डुब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई सर्दैन भन्ने जानकारी पनि तातोपानी व्यवस्थापकहरुले जानकारी दिनु भयो ।

कुण्डको मुनी बगी रहेको सोस्साई रहेको म्याग्दी नदीको हावाले मौसमलाई थप चिस्यारहेको छ । तर मानिसहरुलाई यसको कुनै प्रवाह नपरी कुण्डमा डुबिरहेका छन् । गहिरो कुण्डमा पुरुष र महिलाहरु फरक फरक समयमा डुबुल्की मारी रहेका देखिन्छन । कुण्डबाट एकदमै तातो बाफ उडिरहेको छ आगोमा पानी तताउँदा जसरी निस्कन्छ त्यसैगरी । 

महिला र पुरुषहरु कुण्डको पानी भित्र मज्जाले डुबी रहेका छन् उनीहरुको अनुहारबाट पसिनाको धारा बगिरहेको देखिन्छ उनीहरुलाइ हेर्दा खेरी पानीमा होइन चर्को घामको तापमा बसीरहेका छन् । केही बेर कुण्डको तातो पानीमा बसी सके पछी बिरामीहरु कुण्डबाट बाहिर निस्कन्छन् र टाउको ढाकेर गुफ्फिन्छन् । जब उनीहरुले कम्वलबाट शरीर देखाउँछन्, उनीहरुको शरिरवाट पसिनाको बगिरहेको हुन्छ । यस्तो लाग्छ की जब पसिनाका धारा शरीरबाट बग्न सुरु हुन्छ उनिहरुको रोग पनि संग संगै पखालीरहेको छ जस्तो ।

लडेर शरिरको तल्लो भाग नै नचल्ने खालका बिरामीहरु बिभिन्न् हस्पिटल हरुमा लाखौ खर्च गरी निको न हुदा यसै कुण्डमा आएर निको भएर फर्किन्छन। कुण्डमा ३५ दिन भन्दा बढि समय लगातार डुब्ने बिरामी हरु हिडेर घर फर्किने कर्म पनि जारी छ । हस्पीटलमा करोडौं खर्च गरेर पनि निको नभएको रोग यहा आएपछि निको भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.