Websoft University

तातोपानी नाकाबाट आयात निर्यात ठप्प


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम,चीनमा फैलिएको कोरोनाभाइरका कारण उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट आयात निर्यात ठप्प भएको छ । माघ १७ गतेदेखि नाका बन्द हुदाँ आयात निर्यात ठप्प भएको अध्यागमन कार्यालय तातोपानीका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिनुभयो । तातोपानी नाकाबाट मालबाहक कन्टेनर भ्यान मात्रै ओहोरदोहोर गर्थे । तर कोरोनाभाइरसको कारण देखाउँदै चिनियाँ पक्षले १५ दिनका लागि भन्दै नाका बन्द गरेको हो । भुकम्पका कारण बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएदेखिनै मानिसको आवातजावात गर्न दिइएको थिएन । अध्यागमन प्रमुख काफ्लेले रेडियो नमोबुद्धसँग कुरा गर्दै नाका बन्द हुदाँ ब्यापार ब्यवसायीमा समस्या आएको बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.