Websoft University

२८ औ वार्षिकोत्सव सम्पन्न


मोहन कुमार राई - चैनपुर  । रातो तारा डट कम, संखुवासभा, चैनपुर सेकेण्डरी अंग्रेजी बोर्डिङ्ग स्कुल चैनपुरले आफ्नो २८ र्औ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ  ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत संखुवासभाका प्रमुख– जिल्ला न्यायधिस शान्ती प्रसाद आचार्यले वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै विद्यालय स्तरमा कानुनी शिक्षा आवश्यक रहेकोले कानुनी विषयको समेत ज्ञान दिनुपर्ने वताउनुभयो । समाजमा घटेको घटनाहरुलाई हेर्दा १५– १६ वर्षका किशोर किशोरीहरु घटनामा संलग्न रहेको देखिन्छ त्यसैले माध्यमिक तहबाट नै कानुनी शिक्षा अवश्यक छ ,  समाजमा राम्रो वातावरण सृजनागर्न पनि कानुनी ज्ञानको आवश्यक रहेको प्रमुख आचार्यले वताउनुभयो ।  

कार्यक्रममा प्रिन्सिपल प्रमोद शाक्यले विद्यालयको वार्षिक गतिविधि एवं प्रतिवेदन पेश गर्नुभएको थियो । २०४९ सालमा स्थापित विद्यालयले विभिन्न अरोह अवरोह पार गर्दै संस्थागत विकासमा अघि बढ्दै  यस अवस्था सम्म आइपुग्न सफल रहेको प्रिन्सीपल शाक्यले वताउनुभयो । अव चाडै मल्टीमिडियाको माध्यमबाट पठनपाठन शुरु गर्न लागिएको समेत प्रिन्सिपल शाक्यले वताउनुभयो । विद्यालयको प्रगति, विकासमा सहयोग पु¥यानुहुने महानुभावहरुलाई धन्यवाद दिनुहुँदै विद्यार्थी प्रतिभा प्रफुटन गराउन सहयोग पु¥यानुहुने साजन राईलाई विशेष धन्यवाद समेत प्रिन्सिपल शाक्यले दिनुभयो । 

कार्यक्रममा गत वर्षको एसईई परीक्षामा जिल्लामै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी द्वय लक्की लिम्बू र पला श्रेष्ठका अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको कार्यक्रम सञ्चालक कुमारजंङ्ग तामाङले वताउनुभयो । परिक्षामा लिम्बूले ३.६५ र श्रेष्ठले ३.५५ जिपिए ल्याउन सफल भएका थिए । 

विद्यालय व्यवस्थापन समितका अध्यक्ष दीर्घ कुमार शाक्यको सभापतित्वमा भएको उत्सवमा विद्यालयलाई समेटेर गित  उत्पादन गर्ने राष्टिय कलाकारहरु सम्मानित भएका थिए । रचनाकार मिन कुमार आलेमगर, संङ्गीतकार सुरेन्द्र पुलामी मगर, गायीका कृष्टिना श्रेष्ठलाई सम्मान गरिएको थियो । यसै गरी विद्यालयले आयोजना गरेको सुपर सेप सुट ट्यालेण्ट हण्ट नृत्य प्रतियोगितामा जुनियर र सिनियर तहगत सफल प्रतियोगिहरुलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

यसैगरी कार्यक्रममा सामुहिक नृत्य, नाटक, ड्रिल प्रदर्शन गरी उपस्थित महानुभावहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.