Websoft University

ललिता निवास प्रकरण अव बिशेष अदालतमा पेश हुने भयो


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम,बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अख्तियारको आरोपपत्र अदालत आइपुगेको जानकारी दिनुभयो । अख्तियारले बालुवाटार जग्गा प्रकणमा पूर्वमन्त्री विजय गच्छदार, छविराज पन्त र डम्बर श्रेष्ठ सहित सय भन्दा बढीविरुद्ध आरोपपत्र दायर गर्ने निर्णय गरेको अख्तियार स्रोतले बताएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.