Websoft University

कोशी महोत्सवमा हात्ती सफारी र बोटिङ्गमा रमाउदै पर्यटक


बिराटनगर । रातो तारा डट कम,कोशी गाउँपालीकाको आयोजना संचालन भइरहेको कोशी पर्यटन महोत्सवमा हात्ती सफारी र बोटिङ्ग सुरु भएको छ । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अगुवाइमा हात्ती सफारी र बोटिङ्ग सुरु भएको हो । कोशी पर्यटन महोत्सवमा हात्ती सफारी र बोटिङ्ग सुरु भएपछि आन्तरिक तथा बाहय पर्यटक रमाउन् थालेका छन् । 

कोशी गाउँपालीकाको आयोजनामा कोशी टप्पु वन्यजन्तु आरक्षमा आइतबारबाट सुरु महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।  
कोशी गाउँपालीकाको कार्यालयले ५० हजारदेखि १ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ कोशी पर्यटन महोत्सव आयोजना गरेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउदै एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने लक्ष्य पुर्‍याउन कोशी गाउँपालीकाको कार्यालयले कोशी पर्यटन महोत्सव आयोजना गरेको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।  

नेपाल भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बर्द्धन कोशी पर्यटन महोत्सव आयोजना गरिएको उक्त महोत्सवमा ठुलो संख्यामा पर्यटकहरू आउन थालेका छन् । छोटो समयको तयारीमै महोत्सव आयोजना गरिएपनि  लक्ष्यअनुसार पर्यटक ल्याउन तथा नेपाल भ्रमण वर्ष सफल बनाउन जनप्रतिनिधि तथा कर्मचारीहरु अहोरात खटेको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । कोशी गाउँपालीकाले कोशी टप्पुको प्रवर्द्धन गर्दै लक्ष्यअनुसार पर्यटक भित्र्याउने अध्यक्ष अन्सारीको अठोट छ । 

कोशी टप्पुको पहिचान झल्काउने उद्देश्यले मुख्यमन्त्रीलाई हात्ती सफारी गराइएको र पर्यटकहरुलाई पनि सुलभ दरमा हात्ती सफारी गर्ने व्यवस्था गरिएको गाउँपालीका अध्यक्ष अन्सारीले बताए ।  चराको स्वर्णभूमि तथा अर्नाको राजधानी भनेर परिचित कोशी टप्पुका अन्य विशेषताहरुका बारेमा बुझ्न कोशी पर्यटन महोत्सवमा पर्यटक आउनुपर्ने उनको भनाइ छ । १९ गतेबाट सुरु भएको महोत्सवमा आगामी २९ गतेसम्म विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.