Websoft University

हिन्दू जागरण नेपाल नगर समिति सुन्दरहरैचा वार्ड नं ७ को वार्ड समिति गठन


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,प्रत्येक प्रदेश, जिल्ला र नगरपालिकाका वार्ड हरुमा स्तरीय धर्म संरक्षण युवा समूहहरू गठन गर्ने साथै नेपालको मौलिक धर्म संस्कार र संस्कृतिको संरक्षण तथा धर्म परिवर्तन विरुद्धका गतिविधि सञ्चालन गर्ने उद्देश्यले मोरङको सुन्दरहरैचा वार्ड नं ७ स्थित गोठगाउँ मा रहेको शिव पाञ्चायन मन्दिरमा मंगलबार हिन्दू जागरण नेपाल नगर समितिको आयोजनामा गरिएको  सुन्दर हरैचा वार्ड नं ७ को वडा समिति गठन कार्यक्रम सम्पन्न भएको छ।

"धर्म परिवर्तन बन्द गरौं र गराऔं" भन्ने नाराका साथ आयोजना गरिएको सो समिति गठन कार्यक्रममा
विमला अधिकारी ढकालको अध्यक्षता सहित १५ जना को कार्य समिति तथा ७ जना सल्लाहकार समिति गरी जम्मा २२ जना चयन भएका छन्।

कार्यक्रममा हिन्दू जागरण नेपाल मोरङका सल्लाहकार पण्डित विद्वम कौशिकको प्रमुख आतिथ्ता रहेको थियो साथै आयोजक समितिका अध्यक्ष यादव घिमिरेको सभापतित्व रहेको थियो।त्यसैगरी कार्यक्रममा आयोजक समितिकी सदस्य निरु बजगाईंले स्वागत मन्तवय दिएकी थिइन् भने आयोजक समितिका सचिव दीपक अधिकारीले सो कार्यक्रम सञ्चालन गरेका थिए।

गठन गरिएको कार्य समितिमा चयन भएका नाम यस प्रकार छन्: -
अध्यक्ष विमला अधिकारी ढकाल,
उपाध्यक्ष तारा अधिकारी ,
सचिव लक्ष्मी भट्टराई,
सहा सचिव चिरञ्जीवी सिवाकोटी
कोषाध्यक्ष पार्वती राई
सदस्य भावना भट्टराई, रविना खड्का, कृष्ण कुमारी श्रेष्ठ, दुर्गा भट्टराई, दिपा भट्टराई,सावित्रा अधिकारी, विन्दा उप्रेती, तारा कार्की,  हेमा दाहाल, पवित्रा रम्तेल सहित
 सल्लाहकार समितिमा
पोष्ट कुमार श्रेष्ठ, विष्णु प्र घिमिरे ,टंक प्र ढकाल, मात्रिका प्र पोख्रेल,योग माया कट्वाल,ज्ञानु पोख्रेल,मिना ओझा लगायत चयन भएका छन्।
त्यस्तै कार्यक्रममा अनेक धार्मिक संस्था,भजन समुह, वुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.