Websoft University

लागु औंषध र अवैध सुर्ती प्रहरीले बरामद गर्यो



श्याम राई–गाईघाट पौष २३ गते । रातो तारा डट कम,प्रहरीले लागू औषध सहित मंगलबार राती एक युवकलाई पक्राऊ गरेकोछ । सिराहाको लहानदेखि गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७३५३ नम्बरको वीङगर गाडीका यात्री त्रियुगा नगरपालिका–६ लालपत्ता बस्ने २४ वर्षिय विनोद चौधरीलाई राती ८ बजे १२ एम्पुल डाईजोल्याप,नोफिन !२ एम्पुल र फेनारगन १२ एम्पुल सहित पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. विर वहादुर बुढामगरले बताए । 

पक्राउ परेका चौधरी लागू औषधका दुव्र्यसनी रहेको र उनले लहानका खरिद गरेर ल्याएको खुल्न आएका प्रहरीले जनाएको छ । यसैगरि प्रहरी लालपत्ता प्रहरी चौकी अगाडी ना ४ ख ५८२२ नम्बरको बसको छतमा लुकाएर ल्याउँदै गरेको अवस्थामा कविर एक्सप्रेस ब्राण्डको ३ बोरा अवैध सुर्ती पक्राऊ गरेको छ । कदमाहादेखि गाईघाटतर्फ आउँदै गरेको बसमा प्रहरीले चेकजाच गर्दा अवैध सुर्ती बरामद भएको एस.पी मगरले बताए । सुर्ती कस्ले ल्याएकोभन्ने बारे केही खुल्न नसकेको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.