Websoft University

एपीएफ र आर्मीको बिजयी सुरुआत


 दुर्गा दुलाल,
काठमाण्डौ पौष २३ गते । रातो तारा डट कम,तेस्रो होंगान्जी न्यु डायमन्ड कप बुधबारदेखि सुरु भएको छ । पहिलो दिन साविक विजेता एपीएफ र त्रिभ’वन आर्मी क्लबले विजयी सुरुआत गरेका हो । पहिलो खेल समुह ए अन्तर्गत एपीएफले टप्स उच्च माविलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो । एपीएफले टप्समाथि २५–११ २५–१० २५–६ को सेटमा जित निकाकलेको हो ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले प्यारामाउन्ट इंग्लिस स्कुललाई पनि तीन शुन्यकै सेटमा हरायो । आर्मीले २५–६ २५–१८ र २५–९ को सेटमा जित निकाल्यो । न्यु डायमन्ड र पुलिसको खेल वर्षाले स्थगित समुह बी अन्तर्गत साविक उपविजेता होंगान्जी न्यु डायमन्ड र नेपाल पुलिसबीचको उद्घाटन खेल वर्षाका कारण बीचैमा स्थगित गरिएको छ । न्यु डायमन्डले २–१ को अग्रता लिइरहेको समयमा चौथो सेटको मध्यतिर वर्षाले खेल प्रभावित बनेको हो ।

न्यु डायमन्डले सुरुआती २ सेटमा क्रमसः २५–१८ र २५–२२ ले जितेको थियो । तेस्रो सेटमा पुनरागमन गरेको पुलिसले २५–१५ ले सेट जित्यो । चौथो सेटमा पनि प’लिसले २०–१५ को अग्रता बनाएको अवस्थामा रेफ्री बिकास गुरुंगले खेल स्थगित खेल स्थगित भएको निर्णय गरे । यो खेल अर्को दिन सुरुदेखि नै हुनेछ ।

वर्षाका कारण नभएका दुई खेल न्यु डायमन्ड र पुलिसको तथा नेपाल एपीएफ र प्यारामाउन्ट बोडिंगबीचको खेल २५ गते हुनु छ । २६ गते हुने भनिएको फाईनल पनि अब बर्षाले अवरुद्ध नगरे २७ गते  हुने भएको छ । प्रतियोगिताको उद्घाटन काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र चन्द, मुख्य प्रायोजक हांगान्जी बौद्ध सोसाइटीका नेपाल प्रमुख सोनम वांगदी भुटिया लगायतको उपस्थिति थियो ।

७ टोली सम्मिलित प्रतियोगिताको विजेताले ४ लाख एक सय १ रुपैयाँ, उपविजेताले ३ लाख एक सय १ रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ र चौथो हुनेलाई ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपयाँ र बिघागतर्फ जनहि ७ हजार १ सय १ रुपयाँ प्राप्त गर्ने छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.