Websoft University

इरानमा विमान दुर्घटनामा परि एक सय ७० को मृत्यु


काठमाण्डौ । रातो तारा डट कम,इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको मृत्यु भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो । विमानमा सवार सबैको मृत्यु भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ । प्रविधिक समस्याका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ सात सय ३७ विमान आज बिहान दुर्घटनाग्रस्त भएको हो ।  विमानमा इरानी सञ्चारमाध्यमले यसअघि एक सय ८० जना सवार रहेको बताएपनि पछि भने उक्त संख्या एक ७० रहेको पुष्टि भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.