Websoft University

एस् ओ एस् बालग्राम विद्यालयमा वृहत शैक्षिक प्रदर्शनी


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुनसरीको इटहरी स्थित एस् ओ एस्  बालग्राम विद्यालय इटहरीले दोस्रो त्रैमासिक परीक्षा फल तथा वृहत शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ।बुधबार भएको कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धारीकलाल चौधरीले प्रदर्शनीको उद्घाटन गरी विद्यार्थीको सम्पूर्ण परियोजनाहरु अवलोकन गरेेर विद्यार्थीहरूको हौसला बढाएका थिए।उक्त कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुले हरेक विषयका परियोजनाहरू मार्फत सैदान्तिक ज्ञानलाई व्यवहारमा उतारेको हेर्न पाउँदा आफू धेरै खुसी भएको बताए।

 कार्यक्रममा एस् ओ एस्  बालग्राम इटहरीका निर्देशक देव चरण चौधरीको सभापतित्व रहेको थियो भने सो शैक्षिक प्रदर्शनीमा सोही विद्यालयका शिक्षक दण्डपाणि गौतम, मनोज चौधरी र पुरुषोतम नेपालको संयोजकत्व रहेको थियो।

उक्त अवसरमा विगतमा जस्तै विद्यार्थीहरुले यसपाली पनि पढेका कुरालाई परियोजना मार्फत व्यक्त गरेका थिए।प्रदर्शनीमा फरक फरक विषयका सय (१००) भन्दा बढी परियोजना राखिएका थिए भने सो कार्यक्रम यसै विद्यालयकी शिक्षिका पनिता तामाङले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.