Websoft University

दुर्गा प्रसाइ संग नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाइ दिनु पर्ने भन्दै २० करोड घुस मागे,

 


काठमाण्डौ पुस २४ गते । रातो तारा डट कम,झापास्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्बन्धन मिलाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रकम मागेको आरोप लगाउनुभएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर उहाँले उपाध्यक्ष गिरीले गत मंसिर १५ गते काठमाडौंको द्वारिकाज होटलमा भेटेर २० करोड मागेको दावी गर्नुभएको हो । 

गिरीले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत पैसा बुझाउनु पर्ने भन्दै रकम मागेको आरोप प्रसाईंले लगाउनुभयो । पत्रकार सम्मेलनमा प्रसाईंले बाँडेको प्रेस विज्ञप्तिमा भने घुस बारे उल्लेख गरिएको थिएन । नगद रकम दिन नसके मेडिकल कलेजको १० प्रतिशत शेयर आफ्नो नाममा गरिदिन आग्रह गरेको समेत उहाँले सुनाउनुभयो । पत्रकार सम्मेलनमा प्रसाईंले २० करोड मागेको बताउनुभएको हो ।

यसअघि सञ्चारकर्मीसँग प्रसाईले आफुसँग घुस मागेको अडियो रेकर्ड नै रहेको गर्नुभएको थियो । गिरीले रकम मागेको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी गराएको उहाँले बताउनुभयो । चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार बीएण्डसीले सम्बन्धन पाउनु पर्ने उहाँको तर्क छ । सम्बन्धन दिन नमिल्ने भने सरकारले आफ्नो मेडिकल कलेज किन्नु पर्ने उहाँले बताउनु
भयो । 

प्रसाई यसअघि पनि बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको विषयमा तथ्य बिनै बोल्दा विवादित बन्नुभएको थियो । यसैविच  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने बीएण्डसी मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको आरोपको खण्डन गर्नुभएको छ । गिरीले त्यसलाई खण्डन गर्दै मानहानी गरेकाले कानूनी उपचार खोज्ने चेतावनी दिनुभएको छ । आज नै पत्रकार सम्मेलन गरेर गिरीले आरोप सुनेर अचम्म लागेकाले कपोलकल्पित आरोपप्रति खेद व्यक्त गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.