Websoft University

सुन्दरहरैचा-आलोचना कै बिचमा पत्रकार सम्मेलन


शिव भट्टराई,मोरङ । रातो तारा डट कम, सुन्दरहरैचा, हरेक व्यक्तिको समय अमुल्य हुन्छ । त्यही अमुल्य समयलाई व्यक्तिले सदुपयोग गरेर अगाडि बढीरहेको हुन्छ । समयलाई कहिले काही ख्याल नगर्दा मानिसले पछुताउनु भन्दा अन्य केही गर्न सक्दैन । त्यस्तै भयो मंगलबार सुन्दरहरैचामा आयोजित एक पत्रकार सम्मेलनमा । सुन्दरहरैचा सास्कृतिक समाजद्वारा आयोजित  पत्रकार सम्मेलन बिहान १० बजे देखी शुरु हुने भनेर सबै सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगेका थिए ।

तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथीलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजे सम्म बिना काम कार्यक्रम हलमा राखिरह्यो । पत्रकार सम्मेलनमा प्रमुख अतिथी बोलाइएको थियो सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तमाङ । निर्धारित समय भन्दा १ घण्टा ढिलो गरी अन्त्यमा प्रमुख अतिथी नआउने जानकारी गराउदै आयोजकले कार्यक्रम शुरु गर्‍यो ।

आयोजकले कार्यक्रम शुरु गरे पनि आयोजकले पत्रकार भन्दा राजनीतिक पार्टीको व्यक्तिहरुलाई प्राथमिकता दिदा पत्रकार सम्मेलन हो कि राजनीतिक छलफल हो भन्ने छुट्याउनै गाह्रो भएको महशुस गरिरहेका थिए उपस्थित सञ्चारकर्मीहरुले ।

आयोजकले पत्रकार सम्मेलन भने पनि उक्त पत्रकार सम्मेलनमा नेकपाका राजनीतिक पार्टीको शिर्ष व्यक्तिहरुको उपस्थिती हुँदा कार्यक्रमले अर्कै मोड लिएको थियो । पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको उद्देशय बारे जानकारी गराउने र पत्रकारले कार्यक्रम बारे प्रश्न गर्ने हो तर आजको उक्त पत्रकार सम्मेलनमा राजनीतिक व्यक्तिलाई मात्र बोल्न दिएर सञ्चारकर्मीहरुलाई बोल्नै निशेध गरिएको थियो ।

जस्तो ठाँउ त्यस्तै नाम सुन्दरहरैंचा बोलको गितलाई छायाङकन गर्ने भन्दै आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेको हो । तर कार्यक्रममा आयोजकले गीतलाई छांयांकन गर्नु भन्दा बढी बोलाइएका नेकपाका नेताहरुको प्रशंसा गर्दै पत्रकार सम्मेलनको धज्जी उडाएका थिए । आयोजकले कार्यक्रम किन र कस्का लागि गरिएको हो भन्ने बारे ज्ञान थाहा नपाउदा उपस्थित नेकपाका केही नेताहरु नै लज्जाबोध हुँदै कार्यक्रम स्थलबाट निस्किएका थिए ।

अर्को आश्चर्य कुरा त हरेक सस्थाको विभिन्न समिती हुन्छ विभिन्न समितिलाई खबर गरेपछी कार्यक्रम गरिन्छ । तर यस सस्थामा भने अध्यक्ष स्वयंलाई थाहा नभएर हो या सस्था एक व्यक्तिको मात्रा हो , कार्यक्रमको सभाध्यक्ष पन अध्यक्षले नै गरेका थिए भने कार्यक्रममा उद्घोषक पनि अध्यक्ष स्वयंम
थिए ।

अध्य्क्ष बस्नेत भएको यस सस्थाले यस अघी पनि कार्यक्रम आँफै चलाऊने र सभाध्यक्ष पनि आँफैले गरिरहेका कारण पनि सस्थामा अध्यक्षको मनपरी तन्त्र भएको कारण अन्य उपस्थिती त नभएको हैनन भनेर प्रश्न उब्जाएको छ ।

आयोजकको नाम परियोजना लागत खर्च समेत केहि नखुलाइकन गरिएको पत्रकार सम्मेलनमा नेकपा निकट व्यक्तिहरुमात्र सहभागि भएका थिए । उक्त नेकपा निकट नेताहरु भएको पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष समेत रहेका अध्यक्ष आनन्द बस्नेतले सञ्चारकर्मीहरुको अगाडि सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले असहयोग गरेको भन्दै गुनासो गरेका थिए । आयोजकको भनाई अनुसार आफुले यस गीतालाई नगर गीत बनाउन लागि परेको तर नगरप्रमुख ढकालले असहयोग गरेको भन्दै ढकालको आलोचना गरेका थिए ।

तर नगरप्रमुख ढकालसग यस बिषयमा बुझ्दा सस्थाका अध्यक्ष बस्नेत कार्यपालिका सदस्य तारा घिमिरे सग सहयोग माग्दै आएको बताउदै आफुले नगरको गीत बनाउदा सबै साहित्य, गित रचनाहरुलाई बोलपत्र आह्वान गरी समिती निर्माण गरी उक्त समितिको निर्णय अनुसार नगरकार्यपालिकाको बैठकबाट निर्णय गरेर मात्र नगरको लागि उपयुक्त गीत छनौट गरिने बताएर पठाएको बताए । उनले प्रकृयागत ढंगबाट सबैले आफ्नो रचना नगरपालिकामा प्रस्तुत गरे छनौट प्रकृयाबाट नगरको गीत छनौट गरिने बताए ।

यता गीतका रचनाकार निरज दाहालले भने आयोजकको गल्ती देखाएका छन । उनले आयोजकले यो गीतलाई राजनीतिकरण गरेको समेत बताउदै पत्रकार सग क्षमा मागेका छन । आयोजक सस्थाका अध्यक्ष बस्नेतलाई आफुले सबै व्यक्तिलाई बोलाउन आग्रह गरे पनि आफुलाई थाहा नदीई राजनीतिक व्यक्तिलाई मात्र बोलाएर गीतकै अपमान गरेको बताए । उनले आफुले यो गीतलाई नगर गीत बनाउन भन्दा पनि सुन्दरहरैचामा भएका विभिन्न पर्यटकिय स्थल जातजातिका भेषभुषा रहनशहनलाई देखाउन जोड दिएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.