Websoft University

विराटनगरमा माघ २३ र २४ गते सम्म जीवविज्ञान सम्मेलन हुने


विराटनगर । रातो तारा डट कम, आगामी माघ २३ र २४ गते विराटनगरमा एक अन्तर्राष्ट्रिय एकीकृत जीव विज्ञान सम्मेलन आयोजना हुँदैछ । नेपाल सरकार वन मन्त्रालय,प्रदेश सरकार उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय, नेपाल वनस्पति समाज र नेपाल जैविक समाज विराटनगरको संयुक्त आयोजनामा सो सम्मेलन हुने बताइएको छ ।

उक्त सम्मेलनमा नेपाल,भारत,वंगलादेश,भूटानलगायतका देशह?बाट जीव वैज्ञानिकह? सहभागी हुने र उनीहरुले आफूले गरेको अनुसन्धानको प्रस्तुतिकरण गर्ने कार्यक्रम तय भएको सम्मेलनका सहसंयोजक प्राडा शिवकुमार राईले जानकारी दिनुभयो ।

हालसम्म दुई सय वटा अनुुुुसन्धान सारांश प्राप्त भइसकेको जसमध्ये ३० वटा जति पोष्टर प्रस्तुति र बाँकी मौखिक प्रस्तुति हुने आयोजक संस्थाहरूले जनाएका छन् । विभिन्न उपसमितिहरु निर्माण गरी सम्मेलनको तयारीमा स्थानीय आयोजक संस्था नेपाल जैविक समाज जुटेको छ ।

जसअनुसार प्राज्ञिक उपसमितिको नेतृत्व प्राडा तेजनारायण मण्डलले,आर्थिकको प्राडा उमेशकोइरालाले,व्यवस्थापनको राधा अधिकारीले र प्रचार उपसमितिको नेतृत्व रामचन्द्र अधिकारीले सम्हाल्नु भएको छ । मूल आयोजक समिति भने प्राडा मोहन शिवाकोटीको अध्यक्षतामा तेह्र सदस्यीय बनेको छ । दुई दिवसीय सो सम्मेलनमा जीव विज्ञान भित्रका चार वटा विषयगत सेसनहरु सञ्चालन हुने प्राज्ञिक उपसमितिका सदस्य कुलप्रसाद लिम्बूले जानकारी दिनुभयो ।

उहाँले अनुसन्धान सारांशह?को अध्ययन भइरहेको र मौखिक तथा पोष्टरका लागि छुट्याउनेकाम भइरहको बताउनुभयो । दुई सय जनाको आवासीय व्यवस्थासहितको सम्मेलनमा करिब साढे २२ लाख ?पैयाँ खर्च हुने आर्थिक उपसमितिका संयोजक प्राडा कोइरालाले जनाउनु भएको छ । जीव विज्ञानको क्षेत्रमा कार्यरत विभिन्न आधा दर्जन जति संस्थाले आर्थिक सहयोगको लागि तत्परता देखाएको उहाँले बताउनु भयो ।

सो सम्मेलनले देशको समृद्धिको लागि जीव विज्ञानको योगदान दर्शाउने विश्वास लिइएको छ । वनस्पति,जडीबुटी,प्राणी,सूक्ष्मजीव, वातावरण आदिको क्षेत्रमा भएका अनुसन्धानहरुको विवरण प्रस्तुति हुने भएकोले गर्दा नेपालको समृद्धिका लागि बहुआयामिक योगदानको चर्चा हुनेछ । विराटनगरमा यसप्रकारको सम्मेलन पहिलो पटक हुन लागेको हो । नेपाल जैविक समाजले दशकअघि राष्ट्रिय सम्मेलन भने सम्पन्न गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.