Websoft University

उखुको तौल गरिसकेपछि रकम किसानको खातामा जाने व्यवस्था गर्न सरकार लागने


काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,सरकारले किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने दावी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रियसभामा सांसदको प्रश्नको जवाफ दिँदै उखुको तौल गरिसकेपछि रकम किसानको खातामा जाने व्यवस्था गर्ने बताउनुभएको हो । 

उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताउनुभयो । उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने दावी गर्नुभयो ।

नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको र त्यसमा पनि सुधार गर्नुपर्ने उहाँले बताउनुभो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.