Websoft University

वृद्धवृद्धालाई कम्बल र म्याट्रेस वितरण

विराटनगर, पुस १७ गते । रातो तारा डट कम, विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विराटनगरका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका छन् । उनीहरुले वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । 

विराटनगर–११ सिताराम चोकमा आयोजित कार्यक्रममा वृद्धवृद्धाको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुले घरमै पुगेर कम्बल र म्याट्रेससमेत वितरण गरे । समाजशास्त्रमा अध्ययनरत विद्यार्थीहरुले ११ घर परिवारका वृद्धवृद्धालाई कम्बल र म्याट्रेस वितरण गरिएको अभियन्ता सीताराम कोइरालाले जानकारी दिए । 

सडकमा हुने छाडा कुकुरलगायत चौपायालाई समेत साधारण औषधोपचार गरिएको थियो । आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने अभियन्ता कोइरालाले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.