Websoft University

विप्लवका दुई नेताले गरे आत्मसमर्पण


विराटनगर, पुस १७ गते । रातो तारा डट कम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् । दुवै जना विप्लव नेतृत्वको नेकपामा ५ वर्षदेखि अवद्ध रही मोरङ जिल्लाको सचिवालय सदस्यको भूमिकामा रहेकाथिए । 

‘पार्टीले गरेको हिंसात्मक गतिविधिमा लागेको विषयमा चित्त नबुझेर पार्टी परित्याग गर्न घोषणा गर्दछौं,’ जिल्ला प्रशासन कार्यालयमा चढाएको पत्रमा उल्लेख छ, ‘आगामि दिनमा नेपालको संविधान र कानूनलाई शिरोधार्य गरि अगाडि बढ्ने जानकारी गराउँछौं ।’ 

जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डललगायतको रोहबरमा उनीहरुलाई छोडिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.