Websoft University

सीमा अतिक्रमणको बारे जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव राष्ट्रियसभाबाट पारित



काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपाली भूमि भारतले अतिक्रमण गरेको विषयमा राष्ट्रियसभामा पेश भएको जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित भएको छ । 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईं समर्थक रहेको प्रस्ताव आज राष्ट्रियसभामा छलफलपछि पारित भएको हो । नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठाउन र सीमा विवाद हल गर्नका लागि कूटनीतिक पहल गर्नका लागि संकल्प प्रस्ताव पेश भएको थियो । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संकल्प प्रस्तावमाथि छलफल सकिएको बताउनुभयो । उक्त प्रस्तावमाथि संशोधनको सूचना भने प्राप्त भएको थिएन । संकल्प प्रस्ताव ध्वनी मतबाट पारित भएको हो । संकल्प प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । राष्ट्रिय सभाले संकल्प प्रस्ताव कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.