Websoft University

२५ वटा हाते ट्याक्टर किसानलाई वितरण


काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,पाँचखाल नगरपालिका र नगरको वडा नं नौको संयुक्त सहयोगमा पलाञ्चोकमा २५ वटा हाते ट्याक्टर किसानलाई वितरण गरिएको छ । पाँचखाल नगरपालिका ९ को प्राङणमा भएको कार्यक्रममा नगर प्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्याक्टर वितरण गर्नुभएको हो । पाँचजनाको एउटा समूह बनाएर वितरण गरिएको ट्याक्टरले एक सय कृषक परिवारलाई समेट्ने वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । ५० प्रतिशत अनुदानमा कृषकले २० हजार पाँच सय मात्र तिर्ने गरी हाते ट्याक्टर उपलब्ध गराइएको उहाँको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.