Websoft University

, सुन्दरहरैचा वडा नम्बर ३ लाई मोतिया विन्दु मुक्त वडा बनाउने अभियान सुरु

शिव भट्टराई-मोरङ । रातो तारा डट कम,मोतिया विन्दु मुक्त वडा बनाउने सुन्दरहरैचा वडा नम्बर ३ ले अभियान शुरु गरेको छ । स्थानीय सरकारको जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार सुन्दररहरैचा वडा नम्बर ३ कार्यालयको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरिएको हो । 

वडा कार्यालयले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आखाँ जाँच गराउन आउनेहरुलाई परिक्षण औषधि देखि आँखाको अप्रेसन समेत गराउनु पर्ने वडावासीहरुको सम्पुर्ण खर्च वडाले नै व्यवस्था गराउने वडाध्यक्ष जिवनप्रसाद ढुँगानाले जानकारी दिए । वडावासीलाई लक्षित गरि अन्य रोगसंग सम्वन्धी स्वास्थ्य शिविर समेत सञ्चालनमा ल्याउने ढुँगानाले वताए ।

आँखाको समस्या भएर बाहिर जचाउन जानु पर्ने अवस्थामा रहेकाहरु गाउँमै आँखा परिक्षण देखि लिएर औषधिहरु समेत निशुल्क पाएपछि वडावासी उत्साहित भएको हरीप्रसाद विश्वकर्माले जानकारी दिए ।  

कार्यक्रमका प्रमुख अतिथी सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले वडाले बिकास निर्माणमा मात्र केन्द्रित नभएर स्वास्थ्यमा पनि नमुना कार्य गरेकोमा प्रसंसा गरेका थिए ।  

आँखा स्वास्थ्य शिविरमा परिक्षण गराउन आउनेहरुमा आँखाको स्वास्थ्यका विषयमा राम्रो ज्ञान नभएर पनि समस्या हुने गरेको पाइएको वताउदै स्वास्थ्यकर्मीहरु आँखाको स्वास्थ्यका विषयमा गम्भीर वन्नु पर्ने सुझाव दिएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.