Websoft University

पोखरामा गण्डकी प्रदेशस्तरीय एन्फा रेफ्रीङ कोर्ष शुरु


काठमाण्डौ पुस १९ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघले फुटबल खेलमा रेफ्रीको भुमिकालाई मध्यनजर राख्दै आजबाट कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय एन्फा रेफ्रीङ कोर्ष शुरु गरेको छ । मिति २०७६ पौष १९ देखि २५ गतेसम्म सन्चालन हुने कोर्षमा गण्डकी प्रदेशमा अवस्थित संघमा आवद्ध कास्की, स्याङ्जा, बाग्लुङ, नवलपुर, तनहु, गोरखा, मनाङ र लमजुङका ४१ जना प्रशिक्षार्थीहरु रहेका छन् । 

उक्त प्रशिक्षण दौरान प्रशिक्षार्थीलाई फिफाको लज अफ दि गेमको ज्ञान दिईने छ भने फिटनेश सम्बन्धि प्रशिक्षण गराईने छ । उक्त दुवै परिक्षामा उत्तिर्ण हुनेलाई एन्फा रेफ्री व्याच प्रदान गरिने छ । उक्त कोर्षको टेक्निकल सम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री सुरेन्द्र सिख्राकार, फिफा रेफ्री सुदिस कुमार पाण्डेले दिने छन् भने फिटनेश सम्बन्धि प्रशिक्षण पूर्व फिफा सहायक रेफ्री किरण गिरीले दिनु हुनेछ ।

उक्त कोर्षको उदघाटन आज एक समारोह विच गण्डकी प्रदेश खेलकुद पत्रकार मन्चका अध्यक्ष श्री एकराज गिरीले एक समारोह विच उदघाटन गर्न भयो । कास्की जिल्ला फुटबल  संघका अध्यक्ष मिलन गुरुङको सभापतित्व एवम् महासचिव रमेश कार्कीले सन्चालन गर्नु भएको कार्यक्रममा गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष धरम वहादुर लामिछाने, अध्यक्ष मिलन गुरुङ, र प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद पत्रकार मन्चका अध्यक्ष श्री एकराज गिरीले फुटबल खेलमा रेफ्रीको भुमिका मार्थी चर्चा गर्नु भएको थियो भने कार्यक्रम बारे रेफ्री ईन्ष्ट्रक्टर एवम् पूर्व फिफा रेफ्री सुरेन्द्र सिख्रकारले कार्यक्रमबारे जानकारी दिएका थिए ।

सो अवसरमा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष श्री कृष्ण वहादुर थापा, एन्फा अडिट एण्ड कम्पलाईन्स कमिटिका सदस्य सुक वहादुर गुरुङ लगायत कास्की जिल्लाका फुटबल संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रशिक्षार्थीहरु

१, निश्चल थापा (स्याङ्जा)           २) विरेन्द्र राना (स्याङ्जा)      ३) प्रविन थापा ,, (स्याङ्जा) 

४, अमन दुरा –लमजुङ                 ५) पूर्ण गुरुङ लमजुङ         ६) सिद्ध गुरुङ  लमजुङ

७) विजय कुमार राना –तनहु)         ८) प्रदिप श्रेष्ठ तनहु)         ९) रविन थापा –तनहु)

१०) सुजन कुमार मल्ल(गोरखा)        ११) ईवस ढकाल गोरखा)      १२) उपमा रायमाझी गोरखा)

१३) विश्व भण्डारी –गोरखा)             १४) निश्चल गुरुङ (मनाङ)          १५) सुमन गुरुङ (मनाङ)

१६) अभिनास गुरुङ(मनाङ)             १७) देवेन्द्र जङ गुरुङ(मनाङ)        १८) विरेस गुरुङ(मनाङ)

१९) प्रविन श्रेष्ठ(कास्की)               २०) दिपक ढकाल(कास्की)           २१) लक्ष्मण जिसी (कास्की)

२२) भिम राना(कास्की)                 २३) रोशन केसी(कास्की)              २४) राम कार्की(कास्की)

२५) रेशम गुरुङ(कास्की)                २६) सुवास तामाङ(कास्की)            २७) विश्व जित गुरुङ(कास्की)

२८) कविरमान गुरुङ(कास्की)          २९) धनमाया गुरुङ(कास्की)           ३०) पार्वती रानामगर(कास्की)

३१) वासुदेव सुवेदी –कास्की)           ३२) संगीता गुरुङ                          ३३) सुकराज घले (कास्की)   

३४) सुलभ पाण्डे –नवलपुर)             ३५) शम्भु थनेत–नवलपुर)            ३६) कृष्ण शाह रौनियार–नवलपुर

)३७) जित वहादुर तामाङ–नवलपुर)३८) जयवहादुर पुन(वाग्लुङ)            ३९) शिव वोसेल(बाग्लुङ)   

४०) आशिष वोहरा(बाग्लुङ)    ४१) विरेन्द्र रुचाल((बाग्लुङ)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.